राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतराः राजेन्द्र लिङदेन

१३ पुस ७८, बुधबार

१४ पुस, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको आवश्यक्ता झनै बढेर गएको बताएका छन् ।

अध्यक्ष लिङदेनले सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा समेत औंल्याए । स्वर्गीय राजा विरेन्द्रको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको दावी गरे ।

अन्य देशको खतराबाट टार्न राजसंस्था अनिवार्य

अध्यक्ष लिङदेनले देशलाई अन्य देशको खतराबाट टार्न समेत राजसंस्था अनिवार्य रहेको तर्क गरे । उनले राजा विरेन्द्रले देशलाई अन्य देशबाट झुक्न नदिन २०४६ सालमा राजनीतिक दलका नेताहरुसँग सम्झौंता गरेर संवैधानिक राजाको रुपमा आफूलाई उभ्याएको पनि बताए ।

उनले स्वर्गीय राजा विरेन्द्र जनप्रेमी र देशभक्त राजा भएको उल्लेख गरे । अध्यक्ष लिङदेनले भने, ‘म केटाकेटी नै थिए–२०३२ सालतिर होला । जब सिक्किममा राजसंस्थाको अन्त्य भयो । जनताका प्रतिनिधिहरुले भन्नेले त देशै भारतमा विलाई दिए ।

ओहो, राजा भएन भनेत देशै सकिने रहेछ, जव मेरो बाल मस्तिष्कमा प¥यो । राजाको अभावमा, राजसंस्थाको अभावमा हाम्रो पनि देश कुनै पनि बेला त्यस्तो खतरामा पर्न सक्छ भन्ने मलाई लागेको थियो । आज पनि म त्यही जहाँ जाँदा पनि राजसंस्थाको कुरा गर्दा खेरी आज जनतालाई भन्ने गरेको छु –२०३२ सालसम्म हाम्रो छिमेकमा सिक्किम भन्ने देश थियो । त्यसबेला भन्दा अझ मैले अहिले बढि बुझ्छु ।

किन, त्यस बेला त थोरैथोरै बुझे । ए, राजा हट्यो, सिक्किम पनि सकियो । एउटा देश पनि समाप्त भो भन्ने मात्रै थियो । तर अहिले यसो हेर्छु । सिक्किम भन्ने नाम पनि छ । त्यहाँको भूगोल पनि छ । त्यहाँको माटो कसैले बोकेर लगेको छैन । सिक्किम सिक्किमै छ ।

तर सिक्किम भन्ने देश त छैन । अहिले पछिल्लो दिनमा त्यहीँ खतरा हाम्रो देशले बोकिराखेको छ । त्यसका लागि नेपालको सन्दर्भमा राजसंस्थाको आवश्यक्ता छ भनेर मैले भन्ने गर्छु । राजा विरेन्द्रको कुरा गर्दाखेरी २०४५÷४६ सालताका जुन नाकाबन्दी थियो ।

त्यसबेला अलि बुझ्ने भईसकेको थिए म । विद्यार्थी राजनीतिमा थिए । त्यसबेला भारतबाट तत्कालीन संस्थापनले के–के सर्त लिएर आएको थियो । त्यसबेला राजाले ती सर्तहरु मानेको भए आज पनि नेपालमा राजसंस्था पनि रहि राखथ्यो होला । त्यो नाम मात्रको हुन्थ्योहोला ।

तर देशहित विरुद्धका तिम्रा सम्झौंताहरु, सर्तहरु मान्नु भन्दा देशका राजनीतिक दलहरुसँग सम्झौैंता गर्छु, तिमीसँग झुक्नुभन्दा मेरो जनतासँग झुक्छु भनेर जब राजा वीरेन्द्रले दलहरुसँग सम्झौंता गरेर संवैधानिक राजा बने ।

त्यसबाट मलाई के लाग्यो भने हामी कोही भन्दा, हामी राजनीतिक दलका नेताभन्दा, कुनै अरु छुट्टै नागरिकभन्दा, हामी सबैभन्दा राजा देशभक्त हुन्छन भन्ने कुराचाँही प्रमाणित भयो भन्ने लाग्छ मलाई ।’

दलका नेताहरु भन्दा राजा बढि देशभक्त हुन्छन्

अध्यक्ष लिङदेनले राजनीतिक दलका नेताहरु भन्दा राजा बढि देशभक्त हुन्छन भन्ने कुरालाई राजा विरेन्द्रले प्रमाणित गरेको बताए ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री विपिन कोइरालाले पनि मुलुकको हितका लागि राजा र राजसंस्था स्थापित गरेर जानुको विकल्प नरहेको जिकीर गरे ।

उनले स्वर्गीय राजा विरेन्द्रको देशभक्ति र जनहितकारी कामको स्मरण पनि गराए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top