माओवादी केन्द्रको नीति नो एमसीसी हुनुपर्छः विडारी

माओवादी केन्द्रको नीति नो एमसीसी हुनुपर्छः विडारी

१४ पुस, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको बन्दसत्रमा समूहगत रूपमा छलफलको निचोड सुनाउने क्रममा आफ्नो समूहको निष्कर्ष राख्दै रामनारायण विडारीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अस्वीकार गर्नुपर्ने धारणा राखेका छन् ।

सल्लाहकारको ‘ख’ को टोली नेता विडारीले एमसीसीको विरोध मात्रै गरेनन्, पार्टीको नीति नो एमसीसी हुनुपर्ने नै बताए ।

प्रचण्डको प्रतिवेदनको प्रशंसा गरेका उनले एमसीसी संशोधन गरेर पारित गर्नुपर्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख भएको भए पनि एमसीसी पारित गर्नै नहुने विडारीले दाबी गरेका हुन् ।

बन्दसत्रमा विडारीले भनेका छन्, ‘पार्टीको नीति नो एमसीसी हुनुपर्छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.