ओमिक्रोन र डेल्टा भेरिअन्टले संक्रमणको डरलाग्दो सुनामी ल्याउने डब्ल्यूएचओको चेतावनी

१५ पुस, बीबीसी ।
डेल्टा र ओमिक्रोन भेरिअन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुखले बताएका छन्।

युरोप र अमेरिकामा कीर्तिमानी सङ्ख्यामा कोभिडका नयाँ सङ्क्रमितहरू देखा परिरहँदा डा. टेड्रोस एड्हानोम गेहब्रेयससको त्यस्तो भनाइ आएको हो। अध्ययनहरूले कैयौँ देशमा निकै छिटो मुख्य भेरिअन्ट बनेको ओमिक्रोन डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै सङ्क्रामक रहेको सुझाएका छन्।

फ्रान्सका स्वास्थ्यमन्त्रीले ओमिक्रोनका हकमा अब लहर मात्र भनेर नपुग्ने बरु आँधीजस्तो लहर भन्नुपर्ने बताएका छन्।

दुई भेरिअन्टको चाप

डब्ल्यूएचओका प्रमुखले दुईवटा भेरिअन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी दिएका छन्। डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने, थकित स्वास्थ्यकर्मीमा यसले निकै उच्च चाप थप्नेछ र थपिसकेको पनि छ। र स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था नजिक पुगेका छन्।

रोयटर्स समाचार संस्थाका अनुसार विश्वभरि यतिखेर दैनिक झन्डै नौ लाख सङ्क्रमित थप भइरहेका छन्। अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले सीएनएनसँग बोल्दै सङ्क्रमणले ज्यानुअरीको अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दु लिने सम्भावना रहेको बताएका छन्।

फ्रान्सका स्वास्थ्यमन्त्रीले त्यहाँ बढेको सङ्क्रमणलाई चकित पार्ने किसिमको बताएका छन्।

बूस्टर अभियान

कैयौँ देशले कोभिडको तेस्रो मात्रा खोप दिनेगरी बूस्टर अभियान सुरु गरेका छन्। जसमा यूके समेत छ जहाँ १२ वर्ष माथिका ५७ प्रतिशत मानिसले तेस्रो मात्रा खोप लिइसकेका छन्।

तर डब्ल्यूएचओ प्रमुखले ठूलो स्तरका बूस्टर अभियानले गरिब देशमा हुनुपर्ने आपूर्ति मोडिरहेको र त्यसले महामारी लम्ब्याउने देखिएको बताएका छन्। गरिब देशहरू खोपबाट पर रहँदा त्यहाँ सङ्क्रमण फैलने र भाइरस उत्परिवर्तन हुने थप अवसरहरू सिर्जना हुने डब्ल्यूएचओ प्रमुखको भनाइ छ।

सङ्क्रमितको कीर्तिमानी सङ्ख्या

फ्रान्समा पछिल्लो चौबीस घण्टामा दुई लाख आठ हजार सङ्क्रमित पुष्टि भएका छन्। आफ्ना यसअघिका दैनिक सङ्क्रमणका कीर्तिमान तोड्ने देशहरूमा यूके, इटली र स्पेन समेत छन्।

अमेरिकामा महामारी सुरु भएयताकै उच्च दैनिक सङ्क्रमण देखा परेको छ जहाँ गत साता औसत दैनिक दुई लाख ६५ हजार सङ्क्रमित पुष्टि भएका थिए।

तर सेन्टर्स फर डिजिज कन्ट्रोल सीडीसीले अस्पताल भर्ना हुने र मृत्यु हुनेहरू तुलनात्मक रूपमा न्यून रहेको जनाएको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top