राप्रपाको केन्द्रीय समितिमा ३१ सदस्य मनोनीत

१९ पुस ७८, मंगलबार

२० पुस, विराटनगर ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसमितिमा ३१ जना सदस्य मनोनीत गरेका छन् ।

Advertisement

लिङ्देनले कार्यसमितिमा दीपक बोहोरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्ती मगर, टंक ढकाल, प्रेमबहादुर भण्डारी, निरञ्जन थापा, भीमप्रसाद गौचन, हेमजंग गुरुङ, ठाकुरप्रसाद शर्मा, रामकुमार सुब्बालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

त्यस्तै अन्य मनोनीत सदस्यमा मुकुन्दश्याम गिरी, दिनेश श्रेष्ठ, गीताभक्त जोशी, भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, झनक प्याकुरेल, श्यामबहादुर शाही, एजी शेर्पा, पुष्पराज पुरुष, रमानन्द न्यौपाने, सरोजा शर्मा रहेका छन् ।

Advertisement

त्यसैगरी रामप्रपात साह, रविन चाम्लिङ, उदयराज पोखरेल, सरस्वती केसी अधिकारी, दिनेश कार्की, वीरेन्द्र वम, केशवचन्द्र समाल, अम्बरबहादुर विष्ट, नवीक शाही रहेका छन् ।

राप्रपाको विधानअनुसार केन्द्रीय कमिटी १ सय ९९ सदस्यीय हुनेछ । जसमा मंसिरको दोस्रो साता भएको महाधिवेशनले १ सय ४९ सदस्य निर्वाचित गरेको थियो । ३१ सदस्यको मनोनयनपछि राप्रपाको केन्द्रीय कार्यसमिति १ सय ८० सदस्यीय भएको छ ।

Advertisement

तर‚ कमल थापा पक्ष भने यो मनोनयनबाट असन्तुष्ट देखिएको छ । थापा निकट रहेका केन्द्रीय सदस्य राजाराम बर्तौलाले यसअघि महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरू नसमेटेको र भौगोलिक, जातीय रुपमा पनि मनोनयन सन्तुलित नभएको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top