२२ पुस, झापा ।
झापाको मेचीनगर–७ मा भएको आगोलागीमा परी एक जनाको मृत्यु भएको छ ।
१२ जना घाइते भएका छन् । बुधबार राति केशव पाठकको घरमा अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा खाना पकाउने ग्यास विस्फोट हुँदा मेचीनगर–८ की ४५ वर्षीया सारदा राजवंशीको मृत्यु भएको हो ।
उक्त घरमा रामेछापका कुमार पाण्डेको परिवार बस्दै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए । टिनको छानो, चित्राको बेरा भएको १ तले कच्चा घर पूर्णरूपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी १२ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको बिर्तामोडस्थित बिएण्डसी असप्तालमा उपचार भइरहेको छ ।