सुर्खेतमा कोरोना संक्रमणको दर बढेपछि कडाई, प्रशासनद्वारा १२ बुुँदे आदेश जारी

२ माघ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोनाको संक्रमणको दर तीव्ररुपमा बढेपछि जिल्ला प्रशासन कार्यालयले कडाइ गर्न थालेको छ । जिल्लामा कोरोना संक्रमण फैलिन नदिन १२ बुुँदे स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी आदेश जारी गरेको हो ।

जिल्लाभर लागू हुने गरी शनिबार राति १२ बजेदेखि ‘स्मार्ट लकडाउन’ गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले शनिबार कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरी यसको रोकथा, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन उक्त आदेश जारी गरेका हुन् ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्ऽको सिफारिस एवं गृह मन्त्रालयको निर्णय बमोजिम आदेश जारी गरेको प्रशासनले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

आदेशअनुसार २५ जनाभन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ देखि खोप कार्ड देखाउनु पर्ने भनिएको छ ।

खोप कार्ड मोबाइलमा फोटो भए पनि मान्य हुनेछ भने आवश्यक कार्यक्रम सञ्चालन गर्नुपरे प्रशासनको अनुमति लिनुपर्नेछ ।

त्यस्तै माघ १५ गतेसम्म सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहने छन् भने पूर्वनिर्धारित परीक्षाहरू भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने छ ।

नियमको पालना नगरेको पाइए संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ ।

सार्वजनिक सवारीले स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैनन् । सबै यात्रुहरुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने छ ।

मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउने र अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइजर गर्नुपर्नेछ ।

जिल्ला भित्रका सरकारी, निजी स्वास्थ्य संस्था र स्थानीयहरूले विगतमा संचालन गरेका एमबुलेन्स, कोभिड १९ उपचार केन्ऽ तथा आइसोलेशन केन्ऽलाई सुदृढगरी सञ्चालनमा ल्याउन दुरुस्त अवस्थामा राख्ने आदेशमा भनिएको छ ।

अक्सिजनको आपूर्ति सहज बनाउन कोरोनाको दोस्रो लहरको समयमा प्रयोगमा आएका अक्सिजन सिलिण्डरहरू यथाशिघ्र सम्बन्धित उद्योग, अस्पताल स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा हस्तान्तण गर्ने पनि आदेशमा उल्लेख छ ।

साथै प्रशासनले आदेशको पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित अनुगमन गर्ने बताएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top