बालुवाटारमा सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्दै

५ माघ ७८, बिहीबार

६ माघ, काठमाडौं ।
स्थानीय तहको निर्वाचन मिति लगायतका विषयमा छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक आज पनि बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बैठक बस्ने समन्वय समितिकी एक सदस्य एवम् राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

यसअघि गत मंगलबार पनि समितिको बैठक बसेको थियो । सो बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका थिए ।

यद्यपि बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संवैधानिक व्यवस्थाअनुसार समयमै निर्वाचन गर्न आफूहरु सहमत भएको प्रतिक्रिया दिएका थिए ।

सो बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अनुपस्थित भएकाले थप गृहकार्य गरेर बिहीबार बैठक बस्ने सहमति भएको थियो । सोही सहमति अनुसार नेताहरु आज अपराह्न पनि बैठक बस्न लागेका हुन् ।

आजको बैठकमा वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तहको निर्वाचन गर्ने प्रचण्डको प्रस्तावबारे छलफल हुने र सरकारलाई निर्वाचन मितिबारे सुझाव दिने अनुमान छ । जनमोर्चाकी उपाध्यक्ष पौडेलले संसदीय र स्थानीय तहको निर्वाचन मितिबारे आएको प्रस्तावबारे बैठकमा छलफल हुने जानकारी दिइन् ।

निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । तर सरकारले निर्वाचनको मिति घोषणा गरेको छैन ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top