६ माघ, काठमाडौँ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ ।
हिजो तोलामा ९२ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९३ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले बढेर एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।