प्रदेश १ का मुख्यमन्त्री राईलाई कालोझन्डा ?

प्रदेश १ का मुख्यमन्त्री राईलाई कालोझन्डा ?

२० माघ, विराटनगर ।
मन्त्रालय विभाजनको विरोधमा प्रदेश १ सरकारविरुद्ध आन्दोलित भएको नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

मुख्यमन्त्री राजेन्द्र राईलाई कालो झन्डा देखाउन गएका अनेरास्ववियुका विद्यार्थीहरुमाथि प्रहरीले बल प्रयोग गरेपछि प्रहरी र विद्यार्थीबीच घम्साघम्सी भएको छ ।

काठमाडौंबाट विराटनगर आउँदै गरेका मुख्यमन्त्री राईलाई कालो झण्डा देखाउन विद्यार्थीहरु विराटनगर विमानस्थल रोडमा भेला भएका थिए। कालो झण्डा देखाउने थाहा भएपछि एयरपोर्ट मोडदेखि एयरपोर्टसम्म बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

मुख्यमन्त्री राई विराटनगर ओर्लिएलगत्तै मुख्यमन्त्री कार्यालय जानेक्रममा विद्यार्थीले कालोझण्डा देखाउन खोज्दा प्रहरीले बल प्रयोग गरेको थियो। सो क्रममा विद्यार्थी र प्रहरीबीच केही बेर घम्साघम्सी भएको थियो।

कालोझण्डा देखाउन खोज्दा प्रहरीले अनेरास्ववियु उपमहासचिव भाष्कर खनाललगायतका विद्यार्थी नेताहरुलाई दुर्व्यवहार गरेको विद्यार्थी नेता तुलसी घिमिरेले बताएका छन् ।

उनले अनेरास्ववियुका केन्द्रीय उप– महासचिव क. भाष्कर खनाल लगायतलाई सुरक्षाकर्मीले दुव्र्यवहार र हातपात गरेको भन्दै त्यसको भत्सर्ना गरेका छन् ।

प्रदेश १ मा ७ मन्त्रालय फुटाएर १२ वटा बनाउने सरकारको निर्णय फिर्ताको माग गर्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु आन्दोलित छ। सरकारले निर्णय फिर्ता नलिए मन्त्रीहरुका गाडी चल्न नदिने अनेरास्ववियुको चेतावनी छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.