सर्वोच्चले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा दिँदै

सर्वोच्चले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा दिँदै

१ फागुन, काठमाडौँ । सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा दिने भएको छ ।

गएको माघ ४ गतेको पूर्ण बैठकले कोभिड महामारीको सङ्क्रमण बढेको भन्दै सेवा सङ्कुचन गरेको सर्वोच्चले आजदेखि सबै प्रकारको सेवा दिने भएको हो ।

४ गतेदेखि हिजोसम्म बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभूत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गरेर अन्य सेवा बन्द गरेको अदालत आजदेखि भने नियमित सेवामा जाने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

सर्वोच्चका अनुसार झण्डै एक महिनाको सेवा सङ्कुचनको अवधिमा बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदनलगायतका मुद्दामाथि कारबाही र सुनवाइलाई भने निरन्तरता दिइएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.