सभामुख सापकोटाविरुद्ध पनि महाअभियोग लगाउने एमालेको तयारी

सभामुख सापकोटाविरुद्ध पनि महाअभियोग लगाउने एमालेको तयारी

२ फागुन, काठमाडौं ।
नेकपा एमालेले सभामुख अग्‍निप्रसाद सापकोटाविरुद्ध पनि महाअभियोग लगाउने तयारी गरेको छ ।

आइतबार प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जवरालाई सत्तारुढ दलहरूले महाअभियोग लगाएपछि एमालेले सभामुख सापकोटाविरुद्ध महाअभियोग लगाउने तयारी गरेका हुन् ।

सभामुखलाई नै महाअभियोग लाउनुपर्छ भन्‍नेमा हामी छौँ नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले भने सभामुखप्रति हाम्रो असहमति छ ।

सभामुख सापकोटाविरुद्ध महाअभियोगबारे आज बस्‍ने एमालेको संसदीय दलको बैठक छलफल हुने तामाङले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.