सुनको भाउ आज एकैदिन २५ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज एकैदिन २५ सय रुपैयाँले बढ्यो

१२ फागुन, काठमाडौँ । साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार २५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले बढेर १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.