नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मुख्य सडकमा शंकास्पद वस्तु फेला

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मुख्य सडकमा शंकास्पद वस्तु फेला

१६ फागुन, काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद वस्तु फेला परेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिए जानकारी दिए ।

शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई खबरलाई गरेको एसपी मैनालीले बताए ।

प्रेसर कुकुरजस्तो देखिने शंकास्पद वस्तुमा नो एमसीसी लेखिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.