काभ्रेको बनेपामा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय, एकजना पक्राउ

काभ्रेको बनेपामा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय, एकजना पक्राउ

१६ फागुन, काभ्रे । काभ्रेको बनेपामा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । बनेपाको पुल बजारमाको सडकमा भेटिएको वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

शंकास्पद वस्त भेटिएपछि बन्द भएको पुलबजारको सडकखण्ड पनि सञ्चालनमा आएको छ ।

नो एमसीसी लेखिएको शंकास्पद वस्तु बम नभएको प्रहरीले जनाएको छ । उक्त वस्तु राखेको आरोपमा एक जना व्यक्ति पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.