हिजो तोलामा १४ सयले घटेको सुनको भाउ आज १६ सय रुपैयाँले बढ्यो

१६ फागुन, काठमाडौँ । हिजो तोलामा १४ सय रुपैयाँले घटेको सुनको भाउ आज भने १६ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा ९८ हजार दुई सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी पनि आज तोलामा ४५ रुपैयाँले बढेर १३ सय ४० रुपैयाँमा पुगेको छ।

हिजो चाँदीको मूल्य तोलामा १२ सय ९५ रुपैयाँ थियो ।

Scroll to Top