संसद् बैठक बस्दै; अख्तियार आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची

संसद् बैठक बस्दै; अख्तियार आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची

२२ फागुन, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्ने उल्लेख छ ।

बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक आह्वान गरेका छन् ।

एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राख्दै निरन्तर संसद् बैठकमा अवरोध गर्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.