आगामी निर्वाचनमा निर्वाचन सामग्री हेलिकप्टरबाट पनि ढुवानी गरिने

Share this
755shares

२२ फागुन, काठमाडौँ । स्थानीय तहको निर्वाचनमा मतपत्रलगायत निर्वाचन सामग्री हेलिकप्टरबाट पनि ढुवानी गरिने भएको छ।

Advertisement

सडक नपुगेका क्षेत्रमा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गर्न लागिएको हो।

त्यसका लागि निर्वाचन आयोगले फर्म तथा कम्पनी सूचीकृत गर्नसमेत आग्रह गरेको छ।

Advertisement

हेलिकोप्टर भाडामा लिन करिब ३ करोड खर्च हुनेछ।

यस्तै ट्रक÷कन्टेनर भाडामा लिन एक करोड तथा कुरियर सेवाका लागि ३० लाख खर्च हुने बताइएको छ।

Advertisement

आयोगले पछिल्लो तीन आर्थिक वर्षको न्यूनतम औसत वार्षिक कारोबार रकमलाई आधार मानेर इच्छुक फर्म तथा कम्पनीलाई सूचीकृत हुन आग्रह गरेको छ।

२०७९ वैशाख ३० मा एकैचरणमा स्थानीय चुनाव हुँदैछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top