नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

२४ फागुन, बाँके । नेपालगञ्जको राँझा चोकमा मोटरसाइकलले ठक्कर दिँदा ट्राफिक जाँचमा खटिएका प्रहरी हवल्दारको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १० प ४७५७ नम्बरको मोटरसाइकलले गएराति नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ‘ड्युटी’मा खटिएका प्रहरी हवल्दार भूपेन्द्रबहादुर शाही र प्रहरी जवान नरेशकुमार चौधरीलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका अस्थायी प्रहरी पोष्ट राँझा बिटमा कार्यरत शाहीको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।

उहाँका अनुसार, बाँसगढी नगरपालिका–६ बर्दियाका शाहीको उपचारको क्रममा गएराति ज्यान गएको थियो । प्रहरी जवान चौधरी र मोटरसाइकल चालकको अवस्था सामान्य रहेको छ । मोटरसाइकल चालक गेरुवा गाउँपालिका बर्दियाका २४ वर्षीय सन्तोष बम ठकुरीलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक शाहले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.