लुक्ला विमानस्थल नजिकै लागेको डढेलो निभाउन १९ लाख बढी रकम खर्च

लुक्ला विमानस्थल नजिकै लागेको डढेलो निभाउन १९ लाख बढी रकम खर्च

२७ फागुन, सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकै जङ्गलमा लागेको डढेलो निभाउन १९ लाख रुपैयाँभन्दा धेरै रकम खर्च भएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो निभाउन १९ लाख २६ हजार ३ सय ३० रुपैयाँ खर्च भएकोे गाउँपालिकाले जनाएको छ। गएको आइतवार दिउँसोदेखि लागेको डढेलो बुधवार दिउँसो मात्रै निभेको थियो ।

पालिकाले डढेलो निभाउन सोमवार, मङ्गलवार र बुधवार सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेको थियो ।

स्थानीय बासिन्दा र प्रहरीको प्रयासले मात्रै आगो निभाउन सम्भव नभएपछि हेलिकप्टर प्रयोग गरिएको र ९५ हजार लिटर पानी प्रयोग भएको वडा नम्बर–२ का वडाअध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिए ।

धुवाँका कारण सोमवार बिहान झन्डै एक घण्टा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गर्नुपरेकोे थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.