×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पुँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री देउवा र म चिन्तित छौँः अर्थमन्त्री शर्मा

२७ फाल्गुन २०७८

२७ फागुन, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू चिन्तित बनेको बताएका छन् ।

कास्कीको लेखनाथ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको लेखनाथ महोत्सवको बिहीवार उद्घाटन गर्दै अर्थमन्त्री शर्माले फागुन २४ गतेसम्म १९ दशमलव १५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको भन्दै सबै विकासे मन्त्रालयलाई खर्च बढाउन दबाब दिएको जानकारी दिए ।

Advertisement
Advertisement

‘पुँजीगत खर्च लक्ष्यअनुसार हुन नसकेकोमा प्रधानमन्त्रीज्यू र म पनि चिन्तामा छौँ’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले पनि विकासे मन्त्रालयसँग छलफल थाल्नुभएको छ । मैले त बुधवार नै छलफल गरेर बजेटको लक्ष्य र कार्यक्रमअनुसार खर्च बढाउन दबाब दिएको छु । फेरि पनि विभिन्न माध्यमबाट ताकेता गरिरहनेछु ।’

उनले विकास खर्च लक्ष्यअनुसार हुन नसक्दा तरलतामा असर देखिएको बताए । ‘अहिलेको तरलता समाधान गर्न ३० अर्ब रुपैयाँ बजारमा आउनुपर्ने देखिन्छ । केही दिनअघि ११ अर्ब रुपैयाँ त आएको छ तर यो समस्या समाधान गर्नका लागि पर्याप्त छैन’ उनले भने ।

प्रधानमन्त्री देउवासँग समन्वय गरी अर्थतन्त्रमा देखिएका समस्या हल गर्न निरन्तर संवाद अघि बढाएको पनि उनले बताए ।

पुँजीगत खर्च गर्ने परम्परागत शैलीका कारण लक्ष्यअनुसार उपलब्धि हासिल नभएको उनले बताए । गएको वर्ष पनि पुँजीगत खर्चमा उल्लेख्य प्रगति नभएको स्मरण गराउँदै उनले भने, ‘गएको वर्षको माघ मसान्तसम्म १७ दशमलव ८६ प्रतिशत पुँजीगत खर्च भएको थियो । यो वर्ष २५ भदौमा प्रतिस्थापन विद्येयक ल्याइ बजेट कार्यान्वयन नै ढिला हुँदा पनि गएको वर्षको तुलनामा एक प्रतिशत मात्रै कम अर्थात १६ दशमलव ०८ प्रतिशत पुँजीगत खर्च भएको छ’ उनले भने ।

केही आयोजनाको काम सम्पन्न भए पनि भुक्तानी गर्न बाँकी रहेकाले पुँजीगत खर्च लक्ष्यअनुसार नदेखिएको उनले बताए । आर्थिक वर्षको अन्त्यसम्ममा ९० प्रतिशत पुँजीगत खर्च गर्न निर्देशन दिएको र त्यसमा आफू आशावादी रहेको उनले बताए ।

अर्थमन्त्री शर्माले बाहिर हल्ला गरे जस्तो अर्थतन्त्र निराशाजनक अवस्थामा नरहेका बताएका छन् । विभिन्न क्षेत्रका तथ्याङ्क बताउँदै उनले अर्थतन्त्र सरकारको नियन्त्रणमै रहेको र चाँडै समस्या समाधान हुने बताए ।

‘गएको आर्थिक वर्ष ०७७–७८ को पहिलो ६ महिनामा मूल्यवृद्धिको दर ३ दशमलव ५६ प्रतिशत बिन्दुमा थियो । चालु आवको सुरुबाटै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, खाने तेल, प्लास्टिक, स्टिल तथा स्टिलजन्य वस्तुलगायको निरन्तर मूल्य वृद्धि हुँदा नेपालमा असर देखिएको छ । यद्यपि, चालु आवको मध्यावधि समीक्षा गर्दा मूल्यवृद्धि दर ५ दशमलव ०३ प्रतिशतमा रही बाञ्छित सीमा भित्रै रहेको छ’ उनले भने ।

गएको वर्षको तुलनामा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य शतप्रतिशत बढेको, खाने तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमै ७० प्रतिशतसम्म बढेको जानकारी उद्योगीले नै दिएको, प्लास्टिक, स्टिल र स्टिलजन्य वस्तुको अन्तर्राष्ट्रिय मूल्य पनि ५० देखि ६० प्रतिशत बढेको तथ्याङ्क देखाउँदै उनले भने, ‘यसरी अन्तर्राष्ट्रिय भाउ बढ्दा हामीले भुक्तानी गर्ने रकम बढ्न गइ शोधानान्तरमा चाप परेको हो । यद्यपि, हामीले आयातमा कडाइ गर्ने नीति लिएर शोधानान्तर घाटाको अहिलेको स्थितिलाई न्यूनीकरण गर्ने प्रयास गरिरहेका छौँ।’

चालु आर्थिक वर्षमा निर्यात व्यापारमा ठूलो सुधार ल्याएको उनले बताए । ‘निर्यातमा निक्कै ठूलो सुधार भएको छ । विगतमा एक खर्बको निर्यात गर्न एक आर्थिक वर्ष कुर्नुपर्ने अवस्था थियो ।

अहिले त्यसलाई अन्त्य गरिएको छ’ उनले भने, ‘यसपालि ६ महिनामै निर्यातमा ९५ दशमलव ५ प्रतिशत सुधार भइ निर्यात एक खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । माघ मसान्तसम्म निर्यात झन् सुधार भइ एक खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ ।’

Advertisement

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा गएको वर्ष माघ मसान्तसम्म ८ प्रतिशत रहेकोमा चालु आवको यही अवधिमा निर्यातको हिस्सा बढाएर १० दशमलव २९ प्रतिशत पुर्याइएको उनले जानकारी दिए । त्यस्तै कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढाउँदै लगिने उनले बताए ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top