सी र बाइडेनबीच शुक्रबार वार्ता हुँदै

३ चैत ७८, शुक्रबार

४ चैत्र, एजेन्सी ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच शुक्रबार फोन वार्ता हुने भएको छ।

चिनियाँ विदेश मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार वार्ताको क्रममा उनीहरुको बीचमा अमेरिका–चीन सम्बन्ध र अन्य सामान्य चासोका विषयमा कुराकानी हुनेछ। यद्यपि पश्चिमा मुलुकले भने अहिले रुसले युक्रेनमाथि गरेको आक्रमणको विषयमा पनि उनीहरुको बीचमा वार्ता हुन सक्ने बताएका छन्।

चिनियाँ राष्ट्रपतिले रुसी समकक्षीलाई युक्रेनमाथिको आक्रमण रोक्न मनाउन सक्छन् भन्ने पश्चिमा मुलुकको बुझाइ छ। यद्यपि चीनले भने अहिलेसम्म रुसले युक्रेनमा गरेको आक्रमणको निन्दासमेत गरेको छैन। यद्यपि उसले यो संकटलाई शान्तिपूर्ण तरिकाले सुल्झाउनुपर्ने बताउँदै आएको छ।

Advertisement

अमेरिकाले भने चीनले रुसलाई सैन्य सहयोग गर्न सक्ने भन्दै आशंका व्यक्त गर्दै आएको छ। चीन र रुसले भने अमेरिकाको आरोप निराधार रहेको भन्दै त्यसको खण्डन गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top