काठमाडौंमा होली खेल्ने क्रममा छतबाट खसेर एक जनाको मृत्यु, एक जना घाइते

३ चैत ७८, शुक्रबार

४ चैत्र, काठमाडौं।
काठमाडौंमा होली खेल्ने क्रममा घरको छतबाट खसेका एक जनाको ज्यान गएको छ ।

Advertisement

अर्का एक जना घाइते भएका छन् । तारकेश्वर नगरपालिका ५ गोलढुङ्गाका हेमराज खड्काको घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिबनकुमारी खड्काको ज्यान गएको प्रहरीले जनाएको छ । छतबाट लडेर हिजो बिहीवार घाइते भएकी खड्काको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ज्यान गएको हो ।

यस्तै होली खेल्ने क्रममा छतबाट खसेर घाइते भएकी ३८ वर्षीया अन्जु कार्कीको ग्रीन सिटी अस्पताल सामाखुसीमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top