६ चैत, एजेन्सी । रुसी सेनाले आक्रमण गरिरहेको युक्रेनको मरिअपोल सहरमा फसेका नागरिकको उद्धारमा समस्या भएको छ ।
मरिअपोलमा झन्डै तीन लाख मानिस फसेका छन् । उनीहरुको उद्धारका लागि प्रयास भइरहेको तर रुसी सेनाको अवरोध गरेको युक्रेनको आरोप छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी पक्षले निरन्तर आक्रमण गरेको र नागरिकलाई सुरक्षित रूपमा अन्यत्र जान बाटो दिन नसकिएको बताएका छन् । तर रुसले भने आरोपलाई अस्वीकार गरेको छ ।
दुई हप्तादेखि नै मरिअपोल सहर रुसी सैनिकको घेरामा छ । रुसको आक्रमणका कारण मरिअपोल सहरको ८० प्रतिशत आवासीय संरचना क्षतिग्रस्त भएका छन् । त्यहाँ खाद्यान्न, पानी तथा औषधिसहित अत्यावश्यक सेवाको अभाव भएको बीबीसीले जनाएको छ ।