नेपाल प्रवेश गर्ने नाकामा खोप नलगाएका, पीसीआर रिपोर्ट नभएका र लक्षण देखिएकाहरूको मात्र परीक्षण हुने

नेपाल प्रवेश गर्ने नाकामा खोप नलगाएका, पीसीआर रिपोर्ट नभएका र लक्षण देखिएकाहरूको मात्र परीक्षण हुने

६ चैत, काठमाडौँ । नेपाल प्रवेश गर्ने सीमा नाकाहरूमा अब कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप नलगाएका, ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट नभएका र लक्षण देखिएकाहरूको मात्र स्वास्थ्य परीक्षण हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आइतवार सूचना निकालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा गर्दै आएको स्वास्थ्य परीक्षणलाई खुकुलो बनाएको जानकारी गराएको हो ।

पूर्ण खोप र ७२ घण्टाभित्रको कोरोना परीक्षण नेगेटिभ भएको रिपोर्ट भए पनि कोरोनासँग मिल्दो लक्षण भएमा भने परीक्षण गराउनुपर्ने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.