बंगबन्धु कबड्डीः नेपालले आज इराकको सामना गर्ने

६ चैत ७८, सोमबार

७ चैत्र, विराटनगर ।
बंगबन्धु कप कबड्डी च्याम्पियनसिपमा नेपालले आज इराकको सामना गर्दैछ।

Advertisement

बंगलादेशमा जारी प्रतियोगितामा आफ्नो पहिलो खेलमा इन्डोनेसियामाथि सानदार जित निकालेको नेपाल आज दोस्रो जितको खोजीमा इराकसँग साँझ पौने ६ बजे भिड्नेछ। आइतवार सम्पन्न समूह बीको खेलमा खेलमा नेपालले इन्डोनेसियालाई ४७–१८ को अन्तरले हराएको थियो।

पहिलो हाफमा २५–७ ले अघि रहेको नेपालले दोस्रो हाफको समाप्तीमा ४७–१८ को अग्रता कायम राख्दै फराकिलो जित निकाल्न सफल भयो। प्रतियोगितमा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

Advertisement

समूह ए मा बंगलादेश, श्रीलंका, मलेसिया र इङ्ग्ल्याण्ड छन् भने समूह बी मा केन्या, नेपाल, इन्डोनेसिया र इराक छन्।  दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।

बंगलादेशमा रहेका नेपाली खेलाडीहरुमा कल्याण भुजेल, प्रवीण खड्का, नागेश्वर थारु, रन्जित गजमेर, रामु टमाटा, अजय मानन्धर, प्रदीप मिजार, कुमार लामा, बन्धु राणा र लालमोहन यादव रहेका छन्। त्यस्तै प्रशिक्षकमा पार्वती राई, अफिसियलमा प्रकाशप्रसाद शाह र अर्विन्दकुमार झा, व्यवस्थापक रामकेवल मुखिया तथा जजमा विनोद प्रजापति छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top