८ चैत्र, काठमाडौं ।
नेकपा एमालेका नेता घनश्याम भुसालले चुनावी परिणामलाई वामपन्थीहरूको पक्षमा पार्न वाम एकताको विकल्प नरहेको बताएका छन् ।
मंगलबार पत्रकारहरूसँगको अन्तर्क्रियामा उनले वैशाख ३० मा हुने स्थानीय तहको चुनावको परिणाम वाम शक्तिको पक्षमा पार्न वाम एकता गर्नैपर्ने बताएका हुन् ।
स्थानीय चुनाव आइसक्यो । एमाले ठूलो पार्टी हो उसले आफ्नो साइज अनुसारको जितिहाल्छ ।
माओवादी र एकीकृत समाजवादीले पनि आफ्नो साइजअनुसार जितिहाल्छन् । तर, यो चुनावको परिणामलाई वामहरूको पक्षमा पार्न वाम एकताको विकल्प छैन, उनले भने । भुसालले तीन कम्युनिष्ट पार्टीबीच वैचारिक र सैद्धान्तिक विमति नरहेकाले छुट्टाछुट्टै पार्टी आवश्यक नरहेको बताए ।
एमाले, माओवादी र एकीकृत समाजवादीबीच कुनै सैद्धान्तिक र वैचारिक विमति छैनन् भने किन तीनवटा कम्युनिष्ट पार्टी बनाउने ? एउटै सिद्धान्त र विचारको रामरमिता किन गर्ने ? उनले भने ।