संविधानभन्दा बाहिर गएर सरकार चलाउन खोज्नेको अवस्था एमालेको जस्तै हुन्छः मन्त्री बडू

८ चैत ७८, बुधबार

९ चैत्र, काठमाडौं ।
कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्रप्रसाद बडुले नेकपा एमाले सरकार संविधानभन्दा बाहिर गएर सञ्चालन गर्दा समय अगाडि नै बाहिरिनुपरेको बताएका छन् ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १६ औं वार्षिक साधारणसभा तथा सामूदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनलाई आज नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडुले पूर्व प्रधानमन्त्री ओली सरकार चलाउन असफल भएको बताए ।

देशको प्रधानमन्त्री हुँदा जनताको भावना बुझ्न नसकेको, देश र जनता भन्दा बाहिर गएर सरकार चलाउन खोजेकाले बाहिरिनुपरेको बताए । मन्त्री बडुले अहिलेको सरकार विशेष परिस्थितिमा विशेष दायित्वका साथ बनेको भन्दै खतरामा परेको संविधानको रक्षा गर्नु सरकारको मूल जिम्मेवारी भएको बताए ।

संविधानको ब्यवस्था र मर्मविपरीत जान खोज्ने सबैको ओली नेतृत्वको सरकारको जस्तै अवस्था हुने मन्त्री बडुले बताए । कार्यक्रममा बोल्दै मन्त्री बडुले संविधान रक्षा र संवैधानिक सर्वोच्चताको लागि रेडियो प्रशारणको लक्ष्य बन्नुपर्ने बताए । रेडियो प्रशारणले सामाजिक रुपान्तरण र राजनीतिक स्थायित्वका पक्षमा निरन्तर पैरवी गरिरहनुपर्ने बताए ।

२०६२÷६३ को जनआन्दोलनपछि रेडियो अभियानले नयाँ गति लिएको भन्दै मन्त्री बडुले सरकार सामुदायिक रेडियोहरुको विकासका लागि सधैँ सकारात्मक र प्रतिबद्ध रहेको पनि बताए । उनले रेडियोहरुको नवीकरण शुल्क छुट, रोयल्टीमा ५० प्रतिशत छुट, विद्युत महसुलमा छुट लगायतको सहुलियत दिएर पनि सहयोग गरिरहेको बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top