केन्द्रीय कमिटी बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा के छ ?

८ चैत ७८, बुधबार

९ चैत्र, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा सुरु केन्द्रीय कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

Advertisement

विभिन्न पाँच बुँदामा समेटिएको उक्त प्रतिवेदनमा ओलीले आगामी स्थानीय तह निर्वाचनमा एमाले एक्लैले जित निकाल्ने दाबी गरेका छन्। उनले स्थानीय तह निर्वाचनमा जितका लागि एमालेसँग पर्याप्त आधार रहेको पनि बताएका छन्। यस निर्वाचनमा हामीसँग जीतका पर्याप्त आधार छन्।

हाम्रो पार्टीप्रतिको जनविश्वास दिनप्रतिदिन बढ्दै जानु नै मुख्य आधार हो, उनले भनेका छन्, पाँच दलीय गठबन्धनका कारण नेकपा एमाले डरायो भन्ने मनोवैज्ञानिक प्रभाव पार्न खोजिएको छ। तर, मोर्चा सामर्थ्यको प्रतीक होइन, कमजोरीको द्योतक हो। हामीसँग जितका पर्याप्त आधार छन्। घेराबन्दी, आक्रमण र दुष्प्रचारबीच हामी जित निकाल्छौँ।

Advertisement

‌ओलीले एमाले विभाजित भए पनि जनविश्वास अखण्डित र अक्षुण्ण रहेको पनि तर्क गरेका छन्। यही नै एमालेको जितको मुख्य आधार हो, जसले एमालेलाई गठबन्धनले फरक पार्दैन। गठबन्धनका कारण नेकपा (एमाले) लाई अप्ठ्यारो पार्न खोजिएको छ। तर हामी स्पष्ट हुनुपर्छ( गठबन्धन जितको प्रतीक होइन, कमजोरीको द्योतक हो।

बैसाखीको सहारा जसका खुट्टा कमजोर छन्, उसले लिने हो। त्यसैले गठबन्धनको यो मनोवैज्ञानिक भयबाट मुक्त हुनु जरूरी छ।

Advertisement

उनले अघिल्लो निर्वाचनमा पनि कांग्रेस–माओवादी गठबन्धन भएको स्मरण गराए। उनीहरुको गठबन्धन हुँदा पनि एमालेले पहिलो दल बनेको उल्लेख गरेका छन्। निर्वाचनमा नेकपा (एमाले) को विजय निश्चित छ, उनले भने, हामी एकताको सन्देश दिँदै आत्मविश्वाससहित निर्वाचनमा सफलता हाँसिल गर्छौँ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top