×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रुसलाई प्रतिबन्ध लगाउन युक्रेनको नेपाललाई पत्र

११ चैत्र २०७८

११ चैत्र, विराटनगर ।
विगत एक महिनादेखि रुसी आक्रमण खेपिरहेको युक्रेनले रुस विरुद्ध भरपुर अन्तराष्ट्रिय साथ पाईरहेको छ ।

रुसी आक्रमणबाट कल्पनीय रुपमा क्षति ब्यहोरिरहे पनि अन्तराष्ट्रिय सहयोगकै कारण युक्रेनले रुसलाई कडा जवाफ दिइरहेको छ । आक्रमणको विरोधमा विश्वका अधिक राष्ट्रले रुसमाथि प्रतिबन्ध लगाएका छन् ।

Advertisement
Advertisement

युक्रेनले समेत रुसलाई थप कडा प्रतिबन्ध लगाउन र रुसी आक्रमणविरुद्ध हरेक स्थानबाट विरोध जनाउन युक्रेनी राष्ट्रपतिले सार्वजनिक अपिल समेत गरेका छन् । राष्ट्रसंघमा लगातार रुसको विरुद्धमा उभिएर युक्रेनलाई साथ दिइरहेको नेपाललाई युक्रेनले रुसी नागरिकलाई प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।

नेपालमा पर्वतारोहणका लागि आउने रुसी नागरिकमाथि प्रतिबन्ध लगाउन युक्रेनले नेपाललाई आग्रह गरेको हो । भारतस्थित युक्रेनको राजदूतावासले नेपाली राजदूतावासमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्ड्न मन्त्रालयसहित पर्वतारोहण सम्बन्धि निकालयलाई पत्र लेख्दै यस्तो आग्रह गरेको हो ।

युक्रेनले पत्रमा आफ्नो देशविरुद्ध रूसी सशस्त्र आक्रमणका क्रममा ११७ बालबालिका सहित हजारौं नागरिकको मृत्यु भएको र करोड आसपासमा आन्तरिक रुपमा विस्थापित हुन परेको उल्लेख गरेको छ ।

रक्तपातपूर्ण युद्ध सुरु गर्ने रुसका प्रतिनिधिलाई अन्तर्राष्ट्रिय ओलम्पिक समिति, अन्तर्राष्ट्रिय फुटबल, बास्केटबल, टेनिस, हकी, बक्सिङ, एथलेटिक्स जस्ता कयौं अन्तर्राष्ट्रीय खेल संघहरुले सहभागीतामा प्रतिबन्ध लगाएका वा बाहिर राखेको भन्दै युक्रेनी दूतावासले नेपालसँग युक्रेनमा आक्रमण जारी रहेसम्मका लागि रुसी पर्वतारोहीमाथि प्रतिबन्धन लगाउन अनुरोध गरेको छ ।

नेपालमा रुसी पर्वतारोहीलाई अन्य देशका पर्वतारोहण टीमद्वारा स्वागत नगराउन उसले आग्रह गरेको छ । युक्रेनले नेपाली हिमालहरु पवित्र र दिब्य रहेको भन्दै त्यस्तो स्थानमा हत्याका लागि जिम्मेवार देशको झण्डा फहराउनु चिन्ताको विषय भएको उल्लेख गरेको छ ।

पत्रमा भनिएको छ, ’युक्रेनमा सामूहिक निर्मम हत्याका लागि जिम्मेवार रुसको झण्डा पवित्र र दिव्य नेपाली हिमालमा फेहराउनु गम्भीर चिन्ताको विषय हो ।’ यसैबीच राष्ट्रसंघको महासभामा युक्रेनलगायत मुलुकले तयार पारेको मानवीय सहायतासम्बन्धी प्रस्तावमा नेपालले युक्रेनकै पक्षमा भोट हालेको छ।

महासभाको ११ औं आपतकालीन विशेष सत्रमा युक्रेनमा मानवीय सहायतासम्बन्धी प्रस्ताव दुई तिहाइ बढी सदस्यहरूको मतबाट पारित भएको छ। राष्ट्रसंघका १९३ सदस्यमध्ये प्रस्तावको पक्षमा १४० भोट आएको थियो भने विपक्षमा पाँच भोट परेको थियो। विपक्षमा भोट हाल्नेमा रूस, सिरिया, उत्तर कोरिया, इरेट्रिया र बेलारूस थिए।

नेपालका दुई छिमेकी भारत र चीनसहित ३८ मुलुक मतदानमा अनुपस्थित भएका थिए। गत फेब्रुअरी २४ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विशेष सैन्य कारबाही भन्दै युक्रेनी भूमिमा सेना पठाएपछि नेपालले विज्ञप्ति जारी गर्दै हरेक मुलुकले अर्को मुलुकको सार्वभौमिकताको सम्मान गर्नुपर्ने बताएको थियो।

रुस र युक्रेन दुवै राष्ट्रसँग नेपालको कुटनैतिक तथा व्यापारिक सम्बन्ध स्थापित छ । यो आर्थिक वर्षको साउनदेखि माघसम्मको सात महिनामा युद्धग्रस्त मुलुक रूस र युक्रेन दुवै देशबाट गरी नेपालमा १८ अर्ब ७३ करोड मूल्य बराबरका सामग्री आयात भएको भन्सार विभागको तथ्यांक छ ।

यसमध्ये रूसबाट चार अर्ब ३१ करोडको सामान आयात भएको छ भने युक्रेनबाट १४ अर्ब ४२ करोडको सामान आयात भएको छ । नेपालमा रुसबाट वालपेपर, पशुका लागि आवश्यक खोप, लत्ताकपडा, खेलौना, भान्साका सामान, सूर्यमुखीको कच्चा तेल तथा तोरीको दाना, रसायन, स्याम्पू, साबुन, स्मार्टकार्ड, धनियाँको दाना, किताब–कापी, पोष्टकार्ड, हवाइजहाजका पाटपूर्जा तथा सामग्री, जर्नल–पत्रिका, मेडिकल सामग्री, लुब्रिकेन्टस्, चकलेट र सौन्दर्य सामग्री आयात हुदै आएको छ ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top