×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आईपीएल: आरसिबीलाई ५ विकेटले हराउँदै पञ्जाब किङ्ग्सद्वारा विजयी सुरुवात

१४ चैत्र २०७८

१४ चैत, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले विजयी सुरुआत गरेको छ । गएराति भएको खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ५ विकेटले हराउँदै पञ्जाब विजयी भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले दिएको २ सय ६ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

Advertisement
Advertisement

पञ्जाबका लागि शिखर धवन र भानुका राजपाक्षले समान ४३ रन जोडे भने कप्तान मायाङ्क अग्रवालले ३२, ओडिन स्मिथले २५, साहरुख खानले २४ र लियाम लिभिङस्टोनले १९ रन बनाए ।

बेङ्ग्लोरका मोहमद सिराजले २ विकेट लिए भने आकाश दीप, वानिन्दु हसारङ्ग र हर्सल पटेलले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा २ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो । बेङ्ग्लोरका लागि कप्तान फाप डु प्लेसिसले ८८ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।

यस्तै, बेङ्ग्लोरका विराट कोहलीले ४१, दिनेश कार्तिकले ३२ तथा अनुज रावतले २१ रन जोडे । पञ्जाबका अर्शदीप सिंह राहुल चाहरले १–१ विकेट लिए ।

Advertisement

यसअघि हिजो नै भएको पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको थियो । मुम्बईले दिएको एक सय ७८ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो ।

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top