आईपीएलः दिल्ली क्यापिटल्स लखनउ सुपर जायन्ट्ससँग ६ विकेट पराजित

२५ चैत, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

Advertisement

मुम्बईमा गएराति भएको खेलमा लखनउले दिल्लीलाई ६ विकेटले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ ।

दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो । लखनउको जितमा क्विन्टन डी ककले ८० रनको अर्धशतकीय पारी खेले ।

Advertisement

दिल्लीका कुलदीप यादवले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा तीन विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । दिल्लीका पृथ्वी शले ६१ रनको अर्धशतकीय पारी खेले ।

लखनउका रवि बिशोइले दुई तथा कृष्णपा गोथामले एक विकेट लिए । जितसँगै लखनउको ४ खेलमा ६ अङ्क भएको छ । दिल्ली तीन खेलमा दुई अङ्क जोडेर सातौँ स्थानमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top