श्रीमान्‌लाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा श्रीमती पक्राउ

२५ चैत ७८, शनिबार

चितवन, २६ चैत । आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

Advertisement

भरतपुर महानगरपालिका- ८ दुर्गाचोकका ४२ वर्षीय उत्तम सुवेदीले बिहीबार आफ्नै घरको भान्छामा पासो लगाएर आत्महत्या गरेका थिए । उत्तमलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै चितवन प्रहरीले उनकी श्रीमती मिरा सुवेदीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी नरहरी अधिकारीले उत्तमका दाजुले बुहारीविरुद्द आत्महत्या दुरुत्साहनमा जाहेरी दिएकाले मिरालाई पक्राउ गरिएको बताए ।

Advertisement

पक्राउ परेकी मिरालाई चितवन जिल्ला अदालतवाट अनुमति लिइ अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिए ।

उत्तमको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top