काठमाडौं, चैत्र २६ । ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा नेकपा माओवादीका अधिकाशं नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले प्रवेश गर्नेमा नेकपा माओवादी केन्द्र चम्पादेबी गाउँ कमिटी अध्यक्ष खड्ग बहादुर कार्की, सचिव सुदर्शन कार्की, सचिवालय सदस्य ऋषि न्यौपाने, गाउँ कमिटी सदस्यहरु शंकर चर्मकार, अम्बिका थापा, सोम बहादुर बुढाथोकी, दिल बहादुर कार्की हुनुहुन्छ ।
त्यस्तै नेकपा माओवादी केन्द्र वडा नम्बर ६ का कमिटी अध्यक्ष चुर्ण बहादुर कार्की, उपाध्यक्ष कोपिला लुइँटेल, वडा कमिटी सदस्य रत्न बहादुर कार्की लगायत चम्पादेवीका प्रभावशाली नेताहरु एमाले प्रवेश गर्नुभएको छ । एमाले प्रवेश गरेका अध्यक्ष कार्की २०४९ सालको स्थानीय निकायको निर्वाचमा साविक फुलवारी गाविसका उपाध्यक्ष र २०५४ सालमा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा कार्की नेकपा माओवादीबाट अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । कार्की सहितको टीम नै एमाले प्रवेश गरेपछि स्थानीय निर्वाचनमा नेपाली कांग्रेस, एमाओवादी लगाएतका विपक्षीले गठबन्धन गरे पनि एमालेको जीतने संभावना बढेको छ ।