ओखलढुंगामा माओवादीका गाउँपालिका अध्यक्षसहित प्रभावशाली नेता एमालेमा प्रवेश

२६ चैत ७८, आइतबार

काठमाडौं, चैत्र २६ । ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा नेकपा माओवादीका अधिकाशं नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

Advertisement
स्थानीय तह निर्वाचनको संघारमा एमाओवादीका जिल्लाकै प्रभावशाली नेताहरु एमाले पार्टीमा प्रवेश गरेका हुन् । शनिबार चम्पादेवी ६ घोराखोरीमा सम्पन्न नेकपा एमाले चम्पादेबी गाउँ कमिटीको चौथो बैठकमा औपचारिक कार्यक्रम गरि नेताहरुलाई एमालेमा प्रवेश गराएको एमालेका नेता सुरेश थापाले जानकारी दिनुभयो ।

एमाले प्रवेश गर्नेमा नेकपा माओवादी केन्द्र चम्पादेबी गाउँ कमिटी अध्यक्ष खड्ग बहादुर कार्की, सचिव सुदर्शन कार्की, सचिवालय सदस्य ऋषि न्यौपाने, गाउँ कमिटी सदस्यहरु शंकर चर्मकार, अम्बिका थापा, सोम बहादुर बुढाथोकी, दिल बहादुर कार्की हुनुहुन्छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र वडा नम्बर ६ का कमिटी अध्यक्ष चुर्ण बहादुर कार्की, उपाध्यक्ष कोपिला लुइँटेल, वडा कमिटी सदस्य रत्न बहादुर कार्की लगायत चम्पादेवीका प्रभावशाली नेताहरु एमाले प्रवेश गर्नुभएको छ । एमाले प्रवेश गरेका अध्यक्ष कार्की २०४९ सालको स्थानीय निकायको निर्वाचमा साविक फुलवारी गाविसका उपाध्यक्ष र २०५४ सालमा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

Advertisement

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कार्की नेकपा माओवादीबाट अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । कार्की सहितको टीम नै एमाले प्रवेश गरेपछि स्थानीय निर्वाचनमा नेपाली कांग्रेस, एमाओवादी लगाएतका विपक्षीले गठबन्धन गरे पनि एमालेको जीतने संभावना बढेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top