माओवादीले गर्न थाल्यो आचारसंहिता उल्लंघन, बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चुनावी प्रचारमा

२९ चैत ७८, बुधबार

काठमाडौं, चैत ३० । सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको हो । अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोष्टर सार्वजनिक गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ नै माओवादीको चुनावी प्रचारमालागेपछि चर्काे आलोचनाका साथै पदबाट राजीनामा दिन दवाव परेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top