काठमाडौं, ७ वैशाख ।बागलुङमा ३८ हजार रुपैयाँ घुस माग्ने प्रहरी नायब निरीक्षक (सई) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
गण्डकी प्रदेश, विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई अख्तियर दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराको टोलीले मंगलबार पक्राउ गरेको हो ।
लेनदेन मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा महतोलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी देवीप्रसाद थपलियाले जानकारी दिए ।
महतोलाई गुल्म नजिकैबाट अख्तियारको टोलीले समातेको हो ।
