चितवनको भरतपुरमा स्वतन्त्र उम्मेदवार उठाउने कांग्रेस असन्तुष्ट समूहको तयारी

८ बैशाख ७९, शुक्रबार

चितवन, ९ वैशाख । भरतपुरको मेयर आफूहरूले नपाएपछि चितवन कांग्रेसका असन्तुष्ट समूहले स्वतन्त्र उम्मेदवार उठाउने तयारी गरेका छन्।

Advertisement

लामो समयदेखि भरतपुर महानगरपालिकाको प्रमुखमा दाबी गर्दै आएका नेताहरू गठबन्धन दलले माओवादीलाई मेयर दिने निर्णय गरेपछि असन्तुष्टि जनाउँदै यस्तो निर्णय गर्न पुगेका हुन् । असन्तुष्ट समूहले शुक्रबार पार्टी कार्यलयमा गरेको छलफलमा शनिबारसम्म टुङ्गो लाग्नेगरी स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले बताए ।

‘स्वतन्त्र उम्मेदवार उठाउनेबारे छलफल भइरहेको छ । भोलि १ बजेसम्म टुङ्गो लगाउने भनेका छन् साथीहरूले,’ उनले भने ।

Advertisement

छलफलमा केन्द्रीय नेताहरू टेकप्रसाद गुरुङ, दिनेश कोइराला, निवर्तमान सभापति जितनारायण श्रेष्ठ, पूर्वसांसद भीमबहादुर श्रेष्ठ, जगननाथ पौडेल, पूर्वसभापति कृष्णलाल सापकोटा, तरुण दलका पूर्व जिल्ला अध्यक्ष शम्भु अर्याल, कृषि तथा वन विश्वविद्यालयका पूर्वरजिस्ट्रार श्रीकान्त घिमिरेलगायतको उपस्थिति थियो ।

आजै नेपाली कांग्रेसका नेताहरूले पार्टी सभापतिको कार्यकक्षमा तालाबन्दी पनि गरेका छन् । नारायणगढको कमलनगरमा रहेको पार्टी कार्यालयमा असन्तुष्ट नेता कार्यकर्ताहरूले तालाबन्दी गरेका हुन् । भरतपुरको मेयर आफूले पाउनुपर्ने दाबी गर्दै आएकामा गठबन्धन दलको तर्फबाट भरतपुरको मेयर माओवादीलाई दिने निर्णय गरेपछि नेता कार्यकर्ता आक्रोसित बनेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top