सार्वजनिक स्थलमा कुकुर मारेर फेसबुकमा भिडियो पोस्ट गर्ने युवक पक्राउ

१० बैशाख ७९, आइतबार

कास्की, ११ वैशाख । सार्वजनिक स्थलमा कुकुरलाई झुण्ड्याएर मारी सेती नदीको खोंचमा फालेका २३ वर्षे सुदीप परियार पक्राउ परेका छन् । पोखरा- १९ का उनले कुकुरलाई पासो लगाई मारेको भिडियो बनाएर फेसबुकमा पोस्ट गरेका थिए ।

Advertisement

१ अप्रिलमा परियारले भिडियो बनाउँदै वडा नम्बर १६, जोगबनीमा कुकुरलाई यातना दिई मारेका थिए ।

पछि भिडियो उनले फेसबुकमा पोस्ट गरे । सोधपुछ गर्नेक्रममा प्रहरीले उनको मोबाइल र फेसबुक अकाउन्टमा भिडियो फेला पारेको छ ।

Advertisement

पक्राउ परेका परियारलाई ९ दिन थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीलाई कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top