थप १२ जनामा कोरोना संक्रमण

४ जेठ ७९, बिहीबार

५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५८० जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ४७ जनाको एन्टीजेन परीक्षणमा जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने हाल देशभर १५० जना सक्रिय संक्रमित रहेका छन् ।

Advertisement

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २४७ पुगेको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ९३८ जना संक्रमणमुक्त भएका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top