अर्थतन्त्रबारे के भने विनोद चौधरीले???

४ जेठ ७९, बिहीबार

५ जेठ, काठमाडौं । उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले अर्थतन्त्रमा अहिले देखिएको संकट वर्तमान सरकार र अर्थमन्त्रीका कारण नआएको बताएका छन् ।

बिहीबार संसदमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिंदै उनले अर्थतन्त्रलाई थोत्रो बनाउने क्रमको सिलसिला लामो समयदेखि चलेको बताए ।

‘ड्राइभर बदलिंदैमा थोत्रो गाडीले तीव्र गति समाउँदैन, अहिलेको अर्थतन्त्रको अवस्था यही हो । वर्तमान अर्थमन्त्री र सरकारलाई दोष छैन, यो सरकारले त एउटा बजेटसम्म पनि पेश गर्न पाएको छैन,’ उनले भने ।

चौधरीले आफूले अर्थतन्त्र सम्हालेको बेला समस्या केही छैन भन्दै कमजोरी लुकाउने र बाहिर आएपछि मात्र समस्या देखाउने प्रवृत्ति खतरनाक भएको बताए । ‘अर्थतन्त्रबारे बजेटको बेला मात्र छलफल हुन्छ, अरु बेला अर्थतन्त्र कता गइरहेको छ भन्नेबारे किन गम्भीरताका साथ छलफल गरिएन रु’ उनले प्रश्न गरे ।

विकास बजेट कार्यान्वयन गर्न नसक्ने प्रशासकीय क्षमता ह्रास भएको विषय १० औं पटक उठाउँदा समेत सम्बोधन नगरिएको भन्दै उनले भने, ‘यसै कारण हो यो साल पनि पुँजीगत खर्च ३१ प्रतिशत मात्र भएको छ ।’

उनले युवामा चरम नैराश्यता देखिएको भन्दै नेपालभित्रै बस्ने वातावरण बनाउन बजेटले भूमिका खेल्नुपर्ने बताए ।

उनले नेपालभित्र गुणस्तरीय शिक्षामा लगानी गर्दै शिक्षाका नाममा विदेशिने ठूलो रकम स्वदेशमै रोक्न समेत आग्रह गरे ।

विभिन्न प्रकारका रोजगारमूलक कार्यक्रम प्रभावकारी नभएको र ती कार्यक्रमको समीक्षा गर्न समेत चौधरीले अर्थमन्त्रीलाई सुझाव दिएका छन् ।

भारत र चीनबाट मात्र वार्षिक ५० लाख पर्यटक भित्र्याउने वातावरण बनाउने हो भने रोजगारीको ठूलो समस्या हल हुने उनको भनाइ छ ।

उनले स्टार्टअपलाई प्राथमिकता दिन सुझाव दिए । भारतसँगको व्यापार घाटा कम गर्न विद्युत निर्यात नै सबैभन्दा ठूलो हतियार भएको उनले बताए ।

बजेटपछि पुँजीबजारमा नयाँ तरंग आउनुपर्ने भन्दै उनले सर्वसाधारणको ठूलो रकम डुबेको भन्दै यसमा गम्भीर हुन अर्थमन्त्रीलाई सुझाव समेत दिए ।

साथै तरलताको समस्या समाधान गरी खर्च बढाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top