महिला टी२० सिरिजमा नेपालको दोस्रो जित

७ जेठ ७९, शनिबार
Share this
709shares

७ जेठ, काठमाडौं । महिला टी२० अन्तर्राष्ट्रिय शृंखलाको पाँचौं तथा अन्तिम खेलमा नेपालले युगान्डालाई ३४ रनले पराजित गरेको छ।

Advertisement

अन्तिम दुई खेलमा जित निकाले पनि सिरिज भने अघिल्लो तीन खेलमा लगातार जित निकाल्दै युगान्डाले जितिसकेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले युगाण्डालाई १२४ रनको लक्ष्य दिएको थियो ।

Advertisement

तर निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै युगण्डाले जम्मा ९० रन मात्र बनाउन सक्यो ।

युगान्डाका लागि भने ओपनरद्वय केविन अविनोले १५, फियोना कुलुमी र साकिरा साडिकले ८(८, जनेत बाबाजीले १०, रीता मुसामानी २६, सुसन ककाइले ७ रन जोडिन् ।

Advertisement

नेपालका लागि ईन्दु बर्मा र सीता राना मगरले २र२ विकेट लिए । त्यस्तै अस्मिना कर्मचार्य र हिरनान्माये रोयले समान १र१ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९, कविता जोशीले अविजित १८, सीता राना मगरले

१७, अप्सरी बेगमले ११, इन्दु बर्माले ८ रन जोडे ।कप्तान रुविना क्षेत्री र डली भट्ट शून्यमै रनआउट भए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top