मोरंग व्यापार संघ र स्नाकोत्तर क्याम्पस विराटनगरबीच सम्झौता

१२ जेठ ७९, शुक्रबार

१३ जेष्ठ ,विराटनगर। मोरंग व्यापार संघ र त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको स्नाकोत्तर क्याम्पस, विराटनगर बीच आज मिति २०७९ जेष्ठ १३ गते शुक्रवारका दिन मोरंग व्यापार संघको सचिवालयमा संघका अध्यक्ष श्री नवीन रिजाल र स्नाकोत्तर क्याम्पस, विराटनगरका नि. क्याम्पस प्रमुख श्री जयनारायण श्रेष्ठ बीच एक समझदारी पत्रमा हस्ताक्षर गरियो ।

Advertisement

समझदारी पत्रमा, वर्तमान उद्योग/व्यवसायको अवस्था, प्राकृतिक वातावरण, जैविक विविधता लगायत अन्य विविध समस्याहरु र तिनका समाधानका लागि सम्वन्धित सरकारी निकायहरु बीच समन्वय, सहकार्य, अनुसन्धान गरी प्राप्त यथार्थ निचोडलाई सरकारका सम्वन्धित निकायहरुमा सुझाव तथा कार्यान्वयनका लागि पहल गर्ने हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

यसवाट उद्योग व्यवसाय र उच्च शिक्षा प्रदायक निकाय बीच हुने अन्तर संवाद र सहकार्यले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानको अवसर प्राप्त हुने र उद्योग व्यवसायीहरुलाई उच्च शिक्षा प्राप्त गर्दै गरेका युवा विद्यार्थीहरुसँग सहकार्यबाट प्राप्त व्यवहारिक एवं सैद्धान्तिक ज्ञानलाई उर्जाशील र उत्पादकत्व बढाउन अभिप्रेरित गर्ने विश्वास लिइएको छ ।

Advertisement

उक्त अवसरमा संघका उपाध्यक्ष श्री विकास कुमार बेगवानी, महासचिव श्री अनिल सारडा, सचिव श्री सञ्जय श्रेष्ठ, का.का. सदस्य श्री दीपेश सुवेदी, सुशील सुराना, महिला उद्यम समितिकी संयोजक श्री वन्दना जैन, सिइओ श्री कृष्ण रेग्मी र स्नाकोत्तर क्याम्पस, विराटनगरका तर्फवाट विभिन्न विषयका प्राध्यापकज्यूहरुको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top