बलिउड अभिनेता शाहरुख खानका छोराले पाए सफाइ

१२ जेठ ७९, शुक्रबार

१३ जेष्ठ,एजेन्सी । लागूऔषध मुद्दा खेपिरहेका बलिउड कलाकार शाहरुख खानका छोरा आर्यनलाई उनले गलत काम नगसेको जनाउँदै लागूऔषध नियन्त्रण विभागले सफाइ दिएको छ ।

Advertisement

गएको अक्टोबरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई लागूऔषधसहित विभागले पक्राउ गरेको थियो । यद्यपि आर्यनबाट विभागले लागूऔषध बरामद गरेको थिएन । प्रारम्भिक अनुसन्धानपछि दुई जनाबाहेक सबै अभियुक्त धरौटीमा छुटेका थिए ।

सुरुमा विभागको मुम्बई कार्यालयले त्यस मुद्दाको अनुसन्धान गरेको थियो भने पछि विभागको प्रधान कार्यालय नयाँ दिल्लीका नायब महानिर्देशक नेतृत्वको विशेष अनुसन्धान टोलीले छानबिन गरेको थियो ।

Advertisement

यसैबीच विभागले अन्य आरोपीविरुद्ध आज शुक्रवार मुद्दा दायर गरेको छ । गएको मार्चमा विशेष अदालतले विभागलाई आरोपपत्र दायर गर्न ६० दिनको म्याद दिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top