रचनात्मक काममा खर्च जुटाउन माओवादी केन्द्रका सदस्यबाट १ सय रुपैयाँ उठाइने

२१ जेठ ७९, आइतबार

२२ जेष्ठ, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन एवम् अन्य रचनात्मक कामका लागि खर्च जुटाउने उद्देश्यका साथ पार्टीका सबै सदस्यबाट एक सय रुपैयाँका दरले लेवी उठाउने भएको छ ।

Advertisement

माओवादीका देशभर आठ लाख पार्टी सदस्य छन् । त्यसबाट आठ करोड रुपैयाँ बराबरको रकम सङ्कलन हुनेछ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज आइतवार बसेको पार्टीका पूर्वस्थायी समितिका सदस्यको बैठकले पार्टीको कार्यालय विस्तार तथा व्यवस्थापनका लागि एक पटकका लागि त्यो परिमाणमा रकम सङ्कलन गर्ने निर्णय गरेको हो ।

Advertisement

बैठकमा देशको समसामयिक राजनीतिक विषयका साथै भर्खरै सम्पन्न पालिका चुनाव, पार्टीका अन्य कामलगायत विषयमा छलफल भएको थियो ।

माओवादी नेता हरिबोल गजुरलेका अनुसार समसामयिक राजनीतिक विषयका साथै पार्टीको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारी भित्र देखिएको केही असन्तुष्टिका बारेमासमेत छलफल भएको थियो ।

Advertisement

गएको पुसमा माओवादीले आठौँ महाधिवेशन सम्पन्न गरेको भए पनि अहिलेसम्म पदाधिकारी चयन हुन सकेका छैनन् ।

त्यसबारेमा पनि बैठकमा चर्चा भएको बताइएको छ । पदाधिकारी छिट्टै टुङ्गोमा पुर्‍याएर पार्टीको सङ्गठन विस्तार तथा सङ्घीय र प्रदेश सभाको चुनावमा केन्द्रित हुने माओवादीले स्पष्ट पारेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top