×

NEPAL TIMES UPDATES

Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026

रियल २ सय ७० मिलियन पाउण्ड तिरेर नेयमार भित्र्याउन तयार

३ भाद्र २०७५

एजेन्सी, भदौ ३
पिएसजी का स्टार खेलाडी नेयमारलाई रियल मड्रिडमा अनुबन्ध गर्न किर्तिमानी मुल्य तिर्न तयार रहेको खुलेको छ । स्टार खेलाडी नेयमारका लागि रियलले किर्तीमानी मुल्य २७० मिलियन पाउण्ड तिर्न तयार रहेको रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बताएका छन् ।

यदि रियलले उनलाई २७० मिलियन पाउण्डमा क्लबमा अनुबन्ध गर्न सके उनीनै विश्वको सर्वाधीक महँगा खेलाडी बन्ने छन् । गत बर्ष बार्सिलोनाबाट पिएसजी जाँदा पिएसजीले किर्तिमानी मुल्य १९८ मिलियन पाउण्ड तिरेको थियो । उनीनै अहिले सम्मका विश्वका सर्वाधीक महँगा खेलाडीको सूचिको पहिलो नम्बरमा छन् ।

Advertisement
Advertisement

अहिले सम्म रियलले क्रिस्टियानो रोनाल्डोको स्थानमा अर्को खेलाडी अनुबन्ध गर्न सकेको छैन् । यसै सिजन रोनाल्डो ११२ मिलियन युरोमा इटालीयन क्लब युभेन्ट्स पुगेका थिए ।

रोनाल्डो युभेन्ट्स पुगेपछि रियलले उनको स्थानमा खेलाडी भित्र्याउने प्रयास गरिरहेको थियो । हाल सम्म उनको स्थानमा खेलाडी अनुबन्ध गर्न नसक्दा उनको स्थान ग्यारेथ बेलले लिने विश्वास गरिएको थियो । तर, युइएफए सुपर कपमा रियल एट्लेटिको मड्रिडसँग ४–२ ले पारजित भए पछि पुनः रोनाल्डोको स्थानमा एक स्टार खेलाडीको आवश्यकता महसुस भएको छ ।

Advertisement
Advertisement

यदि पिएसजीले रियलको प्रस्ताव स्वीकार गरे रियल नेयमारलाई अनुबन्ध गर्न तयार रहेको खुलेको हो । पिएसजी कतार राज्यको स्वामीत्वमा रहेको छ । जहाँ नेयमारलाई अनुबन्ध गर्न कतार स्पोर्टस् इनभेस्टमेन्टको प्रायोजनमा क्लबले बढि पैसा तिरेको खुले पछि अहिले युइएफएले अनुसन्धान गरिरहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top