×

NEPAL TIMES UPDATES

Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026

एसियन गेम्समा आज नेपालले १० खेलमा प्रतिस्पर्धा गर्दै

३ भाद्र २०७५

काठमाडौं, भदौ ३
एसियाली राष्ट्रको खेलकुदको कुम्भमेला इन्डोनेसियाको जाकार्तामा शनिबार औपचारिक उद्घाटन भएको छ । एसियाड सुरु भएको आज दोस्रो दिन नेपालले विभिन्न १० खेलमा प्रतिस्पर्धा गर्दैछ ।

नेपालले आज पदकको सम्भावना भनेको तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने छ । नेपालले तेक्वान्दो बाहेक फेन्सिङ, फुटबल, कवड्डी, सेपाकताक्रो, सुटिङ, पौडी, टेनिस, कुस्ती र उसुमा प्रतिस्पर्धा गर्दैछ ।

Advertisement
Advertisement

तेक्वान्दोका लागि नेपाली टोली तयार रहेको तेक्वान्दोका प्रशिक्षक दीपक विष्टले बताएका छन् । उनले नेपालले दक्षिण कोरियामा राम्रो तयारी गरेकाले जाकार्तामा उत्कृष्ट पदर्शन हुने बताए । मेन स्टेडियम नजिक रहेको कर्भहलमा हुने तेक्वान्दोको पुम्सेको इभेन्ट आइतबार हुने छ ।

पुरुष एकल पुम्सेको राउन्ड अफ १६ मा नेपाल कमल श्रेष्ठले ताइपेगका चेन चाङ्गको सामना गर्ने छन् । त्यसैगरि महिलातर्फ पार्वती गुरुङले चाइननीज ताइपेकी लिओको सामना गर्नेछीन् । महिला टिम पुम्सेमा नेपालका निता गुरुङ, पार्वती गुरुङ र सिना लिम्बुले उज्वेकिस्तानको टिमको सामना गर्ने छ । नेपालले पुम्सेमा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक विष्टले दावी गरे ।

Advertisement
Advertisement

त्यसैगरि कुस्तीतर्फ भगवती साहतेली, सुरेश चुनारा र सरोज यादवले प्रतिस्पर्धा गर्ने छन् । उसुमा जुना राईले ५२ केजी महिला सान्दामा भियतनाकी खेलाडीको सामना गर्दैछीन् । मंगलप्रसाद थारुले इन्डोनेसियाका खेलाडीको सामना गर्नेछन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top