×

NEPAL TIMES UPDATES

Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026

विराटनगरमा सुरक्षा गार्डको हत्या, आँखा निकालिएको अवस्थामा शव भेटियो

३ भाद्र २०७५

विराटनगर, भदौ ३
विराटनगरमा एक सुरक्षा गार्डको हत्या भएको छ । विराट नर्सिङ होम नजिकै रहेको न्यू बिक्की हार्डवेयरमा काम गर्ने गार्डको हत्या भएको हो । आइतबार बिहान ५० वर्षीय टंक भट्टराईको शव आँखा निकालिएको अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाका अनुसार विराटनगर–४ पिपलचोक घर भएका भट्टराई राति हार्डवेयर पसलमा रहेको सुरक्षागार्ड सुत्ने कोठामा सुतेका थिए ।

Advertisement
Advertisement

तर, बिहान पौने १० बजे हार्डवेयरका कामदारले ढोका खोल्दा उनी मृत अवस्थामा फेला परेका हुन् । उनको सुत्ने कोठाको खाटमुनि शव देखेपछि कामदारले प्रहरीलाई खबर गरेका थिए ।

Advertisement
Advertisement

उनको शव सिरानीले मुख थुनेको अवस्थामा फेला परेको थियो । भट्टराईको अनुहार र शरीरका विभिन्न भागमा चोट देखिएको छ । कोठामा रहेको इन्भरटर तल खसेकोबाहेक अन्य कुनै सामान घटनास्थलमा नचलाइएको पाइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top