हिजो,आज र भोलिको अन्तरद्वन्द्व

२ साउन ७९, मंगलबार

३ साउन,विराटनगर ।

Advertisement

‘हिजो,आज र भोलिको अन्तरद्वन्द्व”

आज धेरै पछि कापी कलमसँग हराउन मन लाग्यो
विगतलाई बिर्सी सुन्दर भविष्यको कल्पनामा सफलताको गन्तव्य कोर्न मन लाग्यो,
विगतमा गरेका ती भुलहरुलाई
रिठ्ठा पानीले पखाली मेटाउन मन लाग्यो,

Advertisement

सुखमा साथ दिने र दुःखमा विलीन भइदिने
आफन्त, ईष्टमित्र भनौदाबाट टाढा भई
यो कल्पनाको सुन्दर संसारमा एक्लै हराउन मन लाग्यो ,

माया प्रेमका कुरा त यहाँ प्रायः सबैले गर्छन्,
तर आज मलाई ! घृणा गर्ने, तुच्छ वचन बोल्ने, हेला गर्ने
ती महान् भनौदाहरुलाई सम्झिन मन लाग्यो ,

Advertisement

आखिर आज म जहाँ छु, जे गर्दैछु,
ती सबका पछाडि मुख्य पात्र बनी
मलाई हिजोभन्दा आज र आजभन्दा भोलि
अझै राम्रो बन्ने प्रेरणा दिने
ती मै हु भन्ने सारालाई सम्झिन् मन लाग्यो ।

जिन्दगीको मोडमा कैयौँ उतार चढाव पार गरेर
तय गरेको यो यात्रामा,
अझै केही आरोह अवरोहमा गाथा कोर्न मन लाग्यो ,
विगतका तिरस्कार र सिस्नुको काँडा झै तिखा बचनहरुको सिढीं बनाई
सुन्दर भविष्यतर्फ लम्किन मन लाग्यो ।

आज आफ्नो हिजो भुलेर
आफ्ना भोलिका सपनामा डुब्न मन लाग्यो
जिवन वास्तवमै सुन्दर रहेछ ,
हिजोका ति कठिन समयमा आफन् ले एक्लो बनाई छोडेका यी सङ्खर्घषरत हात,
र दैवले त आट म पुर्याऊछु भनी दिएको साथ
सबै यि मन र मस्तिष्कमा ताजा रहेका यादहरुमा एकफेर हराउन मन लाग्यो , हराउन मन लाग्यो !!!
= संचिता श्रेष्ठ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top