बजेटमा ८ प्रतिशतको वृद्धि हासिल गरेको प्रक्षेपण गरेतापनी लक्ष्य चुनौती पूर्ण रहेको गभर्नर अधिकारीको भनाई

६ साउन ७९, शुक्रबार

६ साउन,काठमाण्डौ ।

Advertisement

सरकारले चालू आर्थिक वर्षको लागि ल्याएको बजेटमा ८ प्रतिशतको वृद्धि हासिल गरेको प्रक्षेपण गरेको भएपनि यो लक्ष्य चुनौती पूर्ण रहेको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्।शुक्रबार आर्थिक वर्ष २०७९र८० मौद्रिक नीति सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।सरकारले लिएको वृद्धि लक्ष्यअनुसार बैंक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा करिब नौ खर्ब रूपैयाँ थप कर्जा लगानी हुनुपर्ने देखिन्छ।तर, मौद्रिक नीतिको कार्यदिशा मूल्यमा परेको चाप र शोधानान्तर घाटाको कारण बाह्य क्षेत्रमा देखिएको दबाब कम गर्ने रहेको भन्दै उनले आर्थिक वृद्धि लक्ष्य चुनौतीपूर्ण भएको उल्लेख गरेका हुन्।आर्थिक वृद्धिलाई सघाउने गरी सजगता साथ मौद्रिक नीति ल्याइएको गभर्नर अधिकारीले दोहोर्याए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top