कर्णाली नदीले तटबन्ध नै भत्काउन थालेपछि बस्ती जोखिममा

१२ साउन, कैलाली । हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा यहाँका तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ ।

नदीले बर्सेनि नदीको धार परिवर्तन गर्दै आएको छ । जसले नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन अवस्थामा रहेका तटबन्ध नै भत्काउन थालेको छ ।

नदीको बहावले तटबन्ध नै भत्काउन थालेपछि कैलालीको टीकापुर नगरपालिकाको तटीय क्षेत्रका नागरिक जोखिममा परेका छन् ।

Advertisement

नदीले टीकापुर नगरपालिका–५ को टीकापुर पार्कको पूर्वीउत्तरतर्फ भैरवनाथ मन्दिरको नजिकै कटान गरेको छ । त्यहाँ नदी नियन्त्रणका लागि बनाएका स्पर तथा तटबन्धलाई भत्काउन थालेको छ ।

रानीजमरा कुलरिया सिँचाइ आयोजनाले अहिले पनि तटबन्धका काम गरिरहेको छ । तटबन्ध गरिरहे पनि नदीले हरेक वर्ष फरकफरक ठाउँमा कटान गरिरहने भएकाले समस्या भइरहेको रानी, जमरा कुलरिया सिँचाइ आयोजनाका प्रमुख केदारकुमार श्रेष्ठ बताउँछन् ।

टीकापुर नगरपालिकाका मेयर रामलाल डङ्गौरा थारुले आफूहरु पनि नदीको त्रासमा रहेको बताएक छन् ।

उनले प्रभावित क्षेत्रको अनुगमन गरी नगरपालिका आफैँले गर्न सक्ने ठाउँमा आफैँले काम गर्ने र नसक्ने ठाउँमा रानी, जमरा कुलरिया सिँचाइ आयोजनासँगको समन्वयमा कटान रोक्न पहल गर्ने बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top