फेरी ६ महिना थपियो म्यमनमारको संकटकाल

१६ साउन ,एजेन्सी ।

म्यानमारमा सैन्य कु पछि लगाइएको सङ्कटकाल फेरि ६ महिना थपिएको छ । म्यानमारको नेशनल डिफेन्स एन्ड सेक्युरिटी काउन्सिलले गएको वर्ष लगाइएको सङ्कटकाल ६ महिना लम्ब्याउने निर्णय गरेको बीबीसीले जनाएको छ । काउन्सिलले त्यहाँ आम चुनाव गर्ने प्रयोजनका लागि समय आवश्यक रहेको भन्दै त्यसका लागि सङ्कटकालीन अवस्था थप ६ महिना थप्नुपरेको जनाएको छ ।

म्यानमारको संविधानअनुसार त्यहाँ सङ्कटकालीन अवस्था बढीमा दुई वर्षसम्म घोषणा गर्न मिल्छ । म्यानमारका कार्यवाहक राष्ट्रपति यु मिन्त स्वेले गएको वर्षको फेब्रुअरी १ मा एक वर्षका लागि सङ्कटकाल घोषणा गरेकामा गएको जनवरी ३१ मा नेशनल डिफेन्स एन्ड सेक्युरिटी काउन्सिलले सङ्कटकाल लम्ब्याएको थियो । प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गरेको सैनिकले आम चुनाव गर्ने तयारी थालेको जनाएको बीबीसीले जनाएको छ ।

सैन्य कु लागू भइसकेपछि त्यसको विरोधमा म्यान्मारमा हजारौँको सङ्ख्यामा मानिसले प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा सेनाको गोली लागेर दुई हजार एक सयभन्दा बढीले ज्यान गुमाएका बीबीसीले लेखेको छ । सेनाले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई जेलमा राखेको छ भने गएको हप्ता चार जना प्रजातन्त्रवादी नेताहरूलाई मृत्युदण्ड दिएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top